कांग्रेसको काठमाडौं महानगर अधिवेशन सुरु, प्रकाशमानले गरे उद्घाटन

कांग्रेसको काठमाडौं महानगर अधिवेशन सुरु, प्रकाशमानले गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन अधिवेशन सुरु भएको छ। महानगरको अधिवेशन शनिबार राष्ट्रिय सभा गृहमा सुरु भएको हो। कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेको महानगरको अधिवेशनमा नेताहरु गगन थापा, ध्यानगोविन्द रञ्जित, काठमाडौं कांग्रेसका सभापति सबुज बाँनिया लगायतको उपस्थित रहेको छ। देशकै राजधानी रहेका कारण महानगरको अधिवेशनलाई कांग्रेस नेता कार्यकर्ताले चासोका साथ हेरेका छन्।

काठमाडौं महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह( गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ।

पार्टी सभापति देउवा पक्षबाट प्रगतिमान रञ्जित र सिंह पक्षबाट निलकाजी शाक्यबीच महानगरको सभापतिमा प्रतिस्पर्धा हुने भएको हो।  विगतदेखि काठमाडौंमा तुलनात्मक रुपमा सिंहपक्ष बलियो रहँदै आएको छ। केन्द्रीय सदस्य तथा कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानको साथ लिएर देउवा पक्षले रञ्जितलाई उठाएको छ।

३२ वडा मध्ये अधिकांश वडा सभा सभापतिको समर्थन शाक्यलाई रहेको दाबी गरिएको छ। २०३३ सालमा विपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्केपछि शाक्य कांग्रेसमा आवद्ध भएका थिए।