एमालेको विधान महाधिवेशन आजबाट, यस्तो छ तयारी

एमालेको विधान महाधिवेशन आजबाट, यस्तो छ तयारी

काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट शुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पर्सिसम्म चल्ने विधान महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ।

समितिका संयोजक रामबहादुर थापा ुबादलुले बिहीवार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएका हुन्। महाधिवेशनको उद्घाटन शुक्रवार १२स्१५ बजे अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। उद्घाटन सत्रपछि शुक्रवार नै सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभागका प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन्।

महाधिवेशनको दोस्रो दिन १६ गते शनिवार अघिल्लो दिन पेश भएका दस्तावेज माथि समूहगत छलफल र सुझाबहरु प्रस्तुत हुनेछन्। त्यस्तै १७ गते आइतवार छलफलबाट आएका सुझाव तथा प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ।

पहिलो पटक एमालेले गर्न लागेको विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरु सहभागी हुनेछन्। त्यस्तै, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधिहरु, प्रदेश कमिटीका सबै पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि पनि महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुनेछन्।

एमालेका संघ र प्रदेशका सांसद, एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुख, स्थानीय पालिकाका प्रमुख र उपप्रमुखहरु पनि महाधिवेशन प्रतिनिधि हुनेछन्। त्यस्तै, जनसंगठन र पेशागत संगठनहरुबाट चुनिएका प्रतिनिधिहरु, भारत लगायत प्रवासका संघ संगठनहरुबाट चुनिएर आएका प्रतिनिधि महाधिवेशनको बन्दसत्रमा दस्तावेजहरुको छलफलमा हसहभागी हुनेछन्। केन्द्रीय कमिटीले मनोनित गर्ने सदस्यहरुसमेत ६ हजार बढी प्रतिनिधि महाधिवेशनको बन्दसत्रमा सहभागी हुनेछन्।

यसरी प्रतिनिधि चयन गर्दा महिला, जनजाति, दलित, महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको समितिका संयोजक बादलले जानकारी दिए।