काठमाडौं । कोरोना महामारीलाई ध्यानमा राख्दै काठमाडौंमा भीडभाड गर्न नपाइने भएको छ । आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी काठमाडौंमा अनावश्यक भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेश दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी सो विज्ञप्तिमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने आदि भनिएको छ ।
अर्काे आदेश नआएसम्मका लागि यो यो व्यवस्था लागि गरिएको विज्ञप्तिमा जनाइएको छ ।