काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आयोजित सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दलका शीर्ष नेताहरू उपस्थित छन् ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् ।
त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।
बैठकमा बोलाइएपनि प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित छ । एमालेका लागि छुट्याइएका कुर्सी खाली छन् । एमाले नै उपस्थित नभएपछि बैठकबाट कुनै निकास ननिस्कने भएको छ ।