देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरु बैठकमा नजाने जानकारी दिए ।

उनले एमालेविरुद्ध सरकार, सर्वोच्च अदालत, मिडिया, निर्वाचन आयोग सबै लागेको भन्दै आक्रोश व्यक्त गरे ।

संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।

आज बिहान १० बजेका लागि निर्धारित बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइएको छ ।