मन्त्रिपरिषद् विस्तार अघि आजै मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् विस्तार अघि आजै मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । आज  बिहान सर्वदलीय बैठक राख्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदको बैठक पनि राख्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भएको हो। 

आज बोलाइएको मन्त्रिपरिषद् बैठक नियमित बैठक नै भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्रीकै आह्वानमा बिहान १० बजे सर्वदलीय बैठक बस्दै छ।

आजै  दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । एमालेले भने प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आएका छन् । आजै पन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा सत्ता गठबन्धन जुटेको छ ।