राजीनामा दिने तयारीमा कर्णलीका मुख्यमन्त्री, कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

राजीनामा दिने तयारीमा कर्णलीका मुख्यमन्त्री, कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

काठमाडौं । कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री उपहार पाउने भएका छन् । पूर्वसम्झौता अनुसार सत्तारूढ गठबन्धनले दसैँमा कर्णालीमा नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेको छ।

कर्णालीमा यसअघि नै मुख्यमन्त्री फेरिने चर्चा भएपनि सके दसैँअघि नभए दसैँलगत्तै शाही मुख्यमन्त्री बनाउन गठबन्धनमै सहमति भएको स्रोतले जनाएको छ । नेकपा ९माओवादी केन्द्र०बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी समेत गरेको स्रोतको दाबी छ ।

उनको राजीनामापछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता शाही नयाँ मुख्यमन्त्री बन्नेछन् । गत वैशाखमा कांग्रेस र माओवादीबीच ६ महिनापछि मुख्यमन्त्री शाहीले राजीनामा दिने सहमति भएको बताइएको छ । वैशाखमा भएको सहमति अनुसार नै माओवादीले प्रदेश सरकारको नेतृत्व छोड्ने र नेपाली कांग्रेसलाई दिने भएको बताइएको छ।

कांग्रेसका एक नेताले पनि कर्णालीमा मुख्यमन्त्री फेर्ने तयारी भैरहेको स्वीकार गरे । मुख्यमन्त्री शाही निकट स्रोतले पनि सके दसैँ अगाडी नभए लगत्तै मुख्यमन्त्री परिवर्तन गर्ने तयारी भएको बताउँछ।