बैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप

बैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरूद्धको खोप पाउने बताएका छन् । 

राज्यमन्त्री श्रेष्ठले दशैअघि नै ३३ प्रतिशत नागरिकले खोप लगाइसक्ने गरी सरकारले काम गरिरहेको भन्दै हाल दैनिक दैनिक ३ लाखलाई खोप लगाउँदै आएको समेत बताए ।

विश्व मुटु दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले आगामी आगामी बैशाखभित्र सबै नागरिकले खोप लगाइसक्ने बताए । उनले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको भन्दै वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको बताए ।

हालसम्म १ करोड ७७ लाख खोप ल्याईसकेकामा अहिले दैनिक ३ लाखसम्म सर्वसाधारणलाई खोप लगाइने काम भएको बताए । त्यस्तै १४ वटा हिमाली जिल्लाहरुमा १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरू गरिएको बताए । 

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको निःशुल्क उपचार हुने गरी सरकारी अस्पतालको सुधारका लागि लागिपरेको बताए ।