भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क प्रमुख किन आए काठमाडौं ?

भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क प्रमुख किन आए काठमाडौं ?

काठमाडाैं । भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने सहसचिव अनुराग श्रीवास्तव मंगलबार काठमाडौं आइपुगेका छन् । श्रीवास्तवको टोलीमा विदेश मन्त्रालयको विकास साझेदारी डिभिजनका अधिकारीसहित तीनजना सहभागी छन् । 

नेपाल भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ताका लागि उनी काठमाडौं आएका हुन् ।  कूटनीतिक स्रोतका अनुसार श्रीवास्तवले बुधबार काभ्रेमा भारतीय सहयोगमा निर्मित विद्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । 

बिहीबार परराष्ट्र, अर्थ, गृह, ऊर्जा र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव सहभागी संयुक्त परियोजना व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा नेपाल र भारतबीच निर्माणाधीन परियोजना कार्यान्वयनको प्रगति तथा विगतमा भएका, तर कार्यान्वयन हुन बाँकी भएको सम्झौताबारे छलफल हुनेछ ।