नेपाली कांग्रेस ललितपुरको सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन

नेपाली कांग्रेस ललितपुरको सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन

काठमाडौं ।  नेपाली कांग्रेस ललितपुरका सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ। ६ स्थाीय तह रहेको जिल्लामा तीनमा सर्वसम्मत नेतृत्व चयन भयो भने तीनमा निर्वाचन भएको हो। ललितपुरमा ३ गाउँपालिका, २ नगरपालिका र १ महानगरपालिका रहेको छ। गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो।

गोदावरी नगरपालिकामा प्रदीप जोशी, बागमती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाँउपालिका खोमप्रसाद दहाल सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन्।

कोन्ज्योसोम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदान प्रक्रियाबाट पालिका कार्यसमिति चयन भएको हो। कोन्ज्योसोम गाउँपालिकामा सरोज घलान सभापति चयन भए। उनले प्रत्यासी जीवन बललाई पराजित गरेका हुन्। 

त्यस्तै महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा विजयी भए उनका प्रत्यासी सुशील खड्कालाई पराजित गरेका हुन्।  त्यसैगरी, ललितपुर महानगरपालिकामा सुवानन ध्वाख्वा सभापतिमा विजयी भएका छन्।