सरकारमा एकीकृत समाजवादीको नेतृत्व विरोध खतिवडाले गर्ने

सरकारमा एकीकृत समाजवादीको नेतृत्व विरोध खतिवडाले गर्ने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा विरोध खतिवडाले नेतृत्व गर्ने भएका छन् । गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको एकीकृत समाजवादी खतिवडाको नेतृत्वमा सहभागी हुने तयारी गरेको स्रोतले बतायो ।

उसोतः पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारमा जाने मन्त्रीहरुको नाम पनि पठाइसकेका छन् । जसमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने सूचीमा रहेका छन् । एकीकृत समाजवादीको भागमा ६ मन्त्रालय परेको छ ।

जबकी प्रधानमन्त्रीसहित नेपाली कांग्रेसको भागमा ७ मन्त्रालय मात्रै रहेको छ । एकीकृत समाजवादी पार्टीले मन्त्री बन्नका लागि नाम पठाइसकेको भएपनि कुन मन्त्रालयमा जाने भन्नेबारे टुंगो लागि सकेको छैन । 

साेमबार केहीबेर मात्रै बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी छ । उक्त खारेज भएको सिफारिस राष्ट्रपातिले जारी गरेलगत्तै मन्त्रीपरिषद् विस्तार हुनेछ ।