संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न देउवाले बोलाए मन्त्रिपरिषद्‍को बैठक

संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न देउवाले बोलाए मन्त्रिपरिषद्‍को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्‍त्रिपरिषद्‍को बैठक बोलाएका छन् । आज दिउँसोका लागि बैठक बोलाइएको बैठकले संसद्को जारी अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बालुवाटार स्रोतले बतायो । 

साथै आजको बैठकले विभिन्न मन्त्रालयका विषयगत प्रस्तावबारे छलफल हुने बताइएको छ । अध्यादेश फिर्ता लिएर तत्काल मनित्रपरिषद् विस्तार गर्न आइतबार गठबन्धनको  बैठकले प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । 

आइतबार बसेको गठबन्धनको बैठकले पनि राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । अध्यादेश फिर्ता नलिई मन्त्रिमण्डल विस्तार गर्दा पार्टी फुट्ने डर नेकपा (एकीकृत समाजवादी) र जसपामा रहेको छ ।