काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । दुई दिनका लागि बोलाईको बैठक शनिबार नसकिएपछि आज पनि निरन्तरता दिन लागिएको हो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी वैठकमा आज समूहगत छलफलबाट आएको सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने कार्यक्रम छ । शुक्रबारदेखि शुरु बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएका थिए।
बैठक आज ११ बजेबाट सुरु हुनेछ । अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो।