वामदेव गौतम फेरि एमालेमै फर्किन खोजेका हुन् ?

वामदेव गौतम फेरि एमालेमै फर्किन खोजेका हुन् ?

नागठित पार्टी नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा नअटेका वामदेव गौतम फेरि एमालेमा र्फिन लागेको चर्चा छ । हालै एमालेले उपाध्यक्ष वामदेव गौतमले दिएको पार्टीका सबै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकार गरेको थियो । शीर्ष तहमा उनी एमालेमै फर्किने समझदारी बनेको स्रोतको दाबी छ । 

भदौ १८ गते पार्टीबाट राजीनामा दिएका गौतमको राजीनामा स्वीकार नगरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। एमाले विभाजित भएपछि पनि तटस्थ बसिरहेका गौतमले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर जान पनि बार्गेनिङ गरिरहेका थिए। 

तर एमालेबाट राजीनामा दिए पनि उनी हाल कतै गएका छैनन्। गौतमलाई नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि स्वागत नगरेपछि अहिले यता न उताको अवस्थामा छन्। अध्यक्ष ओलीसँग मिलेर कुनै हालतमा एमालेमा बस्न नसकिने अडान लिएका उनले पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद बढाएका थिए। तर समाजवादीले बिहीबार सबै पदाधिकारीको टुंगो लगाउँदा पनि उनले ठाउँ पाएनन्। 

यसअघि गौतमले एकीकृत समाजवादीमा जान नेपालले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद स्वीकार्नुपर्ने अडान लिएका थिए। पछिल्लो समय राजनीतिमा तटस्थ रहँदै आएका गौतमले अन्तत एमालेमै आफ्नो भविष्य खोज्ने तयारीमा छन् ।