विधान महाधिवेशनबारे छलफल गर्न शुक्रबारदेखि शुरू भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज शनिवार पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा हुने बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।
विधान महाधिवेशनमा पेश गरिने प्रस्तावमाथि छलफल गर्न शुक्रवार गठित १० वटा समूहले छलफल गरेपछि शनिबारको बैठकमा टोली नेताले रिपोर्ट प्रस्तुत गर्ने जनाइएको छ । केन्द्रीय कमिटीबाट पारित भएका प्रस्तावलाई विधान महाधिवेशनमा पेश गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टी विवादमा माधव नेपाल खेमामा रहेका र विभाजनपछि एमालेमै मध्यमार्गी नेताको रुपमा रहेकाहरु भने आजको बैठकमा सहभागी नहुने बताएका छन् । अध्यक्ष केपी ओली १० बुँदे सहमति कार्यन्वयनमा सचेत नरहेपछि उनीहरुले बैठकमा उपस्थित नहुने बताएका छन् ।