१० बुँदे सहमति कार्यन्वयन नभएपछि एमाले तेस्रो धारका नेताहरू ओलीसँग रुष्ट, आजको बैठक बहिस्कार गर्ने तयारी

१० बुँदे सहमति कार्यन्वयन नभएपछि एमाले तेस्रो धारका नेताहरू ओलीसँग रुष्ट, आजको बैठक बहिस्कार गर्ने तयारी

नेकपा एमालेका अध्यक्ष केपी ओली १० बुँदे सहमति कार्यन्वयन गर्न तयार नभएको भन्दै तेस्रो धारका नेताहरु रुष्ट भएका छन् ।  प्रस्तावको इमानदारीपूर्वक कार्यान्वयन नभएको भन्दै विधान महाधिवेशन तयारी बैठक चलिरहँदा तेस्रो धारका नेताहरुले असन्तुष्टि जाहेर गरेका हुन् ।

अध्यक्ष ओलीले सहमति कार्यन्वयनको प्रतिवद्धता नजनाए  बैठक बहिस्कार गर्ने नेताहरुले चेतावनी दिएका छन्।उनीहरूले एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन्।

विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्ताबेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको छ। शुक्रबारको एमाले बैठकमा तीन वटा दस्ताबेजमा समूहगत छलफल गर्न दशवटा समूह बनाइएको छ। तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरूले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट नभएसम्म कुनै पनि बैठकमा सहभागी नहुने अडान राखेका छन्। बैठकमा सुरुमा झपट रावल, भानुभक्त जोशीलगायतका नेताहरूले यस्तो दबाब दिए। तेस्रो धारका नेता घनश्याम भुसालले समेत सहमति जनाएका नेताहरूले बताए।

ओलीले हिजोको बैठकमा १० बुँदेबारे स्थायी कमिटी बैठकमा छलफल हुने भन्दै विषयान्तर गरेका थिए । त्यसबाट मध्यमार्गी भनिएका नेताहरु सशंकित हुन पुगेका छन् ।