एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने

विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बोलाइएको छ ।
 
बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक भोलि पनि बस्नेछ ।
 
राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा केही दिन अघि बसेको स्थायी कमिटी बैठकमा छलफल भएको थियो । बैठकमा स्थायी कमिटी सदस्यहरुले दिएको सुझाव समेटेर केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको थियो । एमालेको विधान महाधिवेशन असोज १५ गतेदेखि काठमाडौंमा शुरू हुनेछ ।