ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गराएका हुन्। 

मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले आज (सोमबार) राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी हुन्।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले गत असार १७ गतेखि राष्ट्रिय सभा आव्हान गरेकी थिइन्। अधिवेशन १० दिन चल्न नपाइ अन्त्य गरिएको हो।

राष्ट्रिय सभा अन्त्य भएको सूचना राष्ट्रपति कार्यालयले अझै सार्वजनिक गरेको छैन। संघीय संसद सचिवालयले राष्ट्रिय सभाका सदस्यलाई जानकारी गराउन सूचना जारी गरेको हो।

सोमबारको राष्ट्रिय सभाले मंगलबार दिउँसो ३ बजे बस्नेगरी समय निर्धारण गरेको थियो।
गत पुसमा प्रतिनिधि सभाको विघटन गरिएपछि पनि राष्ट्रिय सभाको अधिवेशन एक हप्तामै अन्त्य गरिएको थियो। त्यतिबेला पुस १७ गते सुरु भएको अधिवेशन चार वटा बैठकपश्चात पुस २६ गते नै अन्त्य गरिएको थियो।