थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३५ जनाको पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकामा पिसिआरबाट १ हजार २ सय ३७  र एन्टीजेनबाट ५ सय ९४ जना पोजेटीभ देखिएको हो। 

यसैबीच काठमाडौं उपत्यकाभित्र थप ३ सय ९१ जना संक्रमण देखिएकामा काठमाडौंमा २ सय ६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा संक्रमण पुष्टी भएको छ ।