एमालेमा पार्टीभित्र देखिएका विवाद समाधान सहमति घोषणाको तयारी

एमालेमा पार्टीभित्र देखिएका विवाद समाधान सहमति घोषणाको तयारी

काठमाडौं । नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गर्दै आज सहमतिको घोषणा गर्ने तयारी गरेको छ । सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा असहमतिका केही विषयलाई टुङ्ग्याएको र आज सहमतिको घोषणा हुने नेताहरुले जनाएका छन् । 

कार्यदलका सदस्यहरुका अनुसार सहमतिका लागि कार्यदल समाधान खोज्ने विन्दुमा पुगेको बताए । कार्यदलमा केहि औपचारिक काममात्र बाँकी रहेको भन्दै पार्टीलाई एकताबद्ध गर्न दुवै पक्षले इमान्दार प्रयत्न गरेको कार्यदलका सदस्य गोकर्ण विष्टले जनाए । त्यस्तै एमाले नेता भीम रावलले कार्यदल अन्तिम विन्दुमा रहेको र छिटै निष्कर्षमा पुगिने बताए ।

अर्का नेता सुवास नेम्वाङले सहमतिको सवै काम टुङ्गीएको जानकारी दिए । तीन बर्ष अघिदेखि देखिएको विवाद टुङ्ग्याउनका लागि केहि समय लाग्ने भनाइ नेता नेम्वाङको छ ।