काठमाडौं शहर जलमग्न : तीनकुनेमा यातायात अवरुद्ध, बानेश्वरमा घरमा पानी पस्यो

काठमाडौं शहर जलमग्न : तीनकुनेमा यातायात अवरुद्ध, बानेश्वरमा घरमा पानी पस्यो

वर्षासँगै राजधानीको बानेश्वर क्षेत्र जलमग्न बनेको छ । ढलको उचित व्यवस्थापन नहुँदा बानेश्वरका केही घरमा पानी पसेको छ भने घट्टेकुलो क्षेत्र पनि जलमग्न बनेको छ ।

यस्तै तीनकुने क्षेत्र ढल फुटेर जलमग्न बनेको छ । शनिबार दिउँसो सडक जलमग्न हुँदा सो क्षेत्रमा केहीबेर यातायात आवतजावत नै प्रभावित बनेको थियो । 

वर्षासँगै राजधानीका विभिन्न स्थान जलमग्न बन्ने गरेको छ । विगतमा वर्षहरुमा पनि यो समस्या राजधानीबासीले भोग्दै आएपनि सम्बन्धित निकायले दीर्घकालीन समाधान नखोज्दा यो समस्या बारम्बार दोहोरिने गरेको छ ।