थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप दुई हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४१७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार १६९ जनाको नतिजा पोजिटिभ आएको हो । ६ हजार ५३० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ३५३ र तीन हजार ८८७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ३६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।