काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र नेकपा एमाले नेता माधव कुमार नेपाल पक्षका नेता डा भीम रावल बीच भेटवार्ता भएको छ । बिहीवार बिहान ९ बजेदेखि भेटवार्ता शुरू भएको हो ।
एमालेभित्र कायम विवाद मिलाउन बुधवार राति प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो ।
दुई शीर्ष नेताले स्वीकार्ने गरी कसरी सहमतिको ड्राफ्ट तयार गर्नेबारे उनीहरुबीच छलफल भएको बताइन्छ ।