काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दुई नेताबीच बुधबार साँझ राजधानीको नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको थियो। वार्तामा सहभागी दोस्रो तहका नेताहरुले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताए। उनीहरुबीच सहमति जुटेको र आज संयुक्त वक्तव्य निकालेर त्यसको जानकारी गराइने बताइएको छ ।
अध्यक्ष ओली र नेता नेपालले सुरुमा दोस्रो तहका नेताहरुसँग छलफल गरेका थिए। त्यसपछि दुई नेताबीच वान टु वान वार्ता भएको नेता सुरेन्द्र पाण्डेले सञ्चारकर्मीलाई जानकारी दिए। उनका अनुसार पहिले दुवै तर्फका दोस्रो तहका नेताहरुसहित कुराकानी भएको थियो। त्यसपछि ओली–नेपाल वान अन वान वार्तामा बसेका थिए । पाण्डेले भने, ‘सकारात्मक ढंगले कुरा भएको छ। भोलि कार्यदलको बैठक बस्छ।’
दुई नेताबीच सकारात्मक परिणाम कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको अर्का नेता भीम रावलले बताए। उनले पनि समस्या समाधानका लागि गहिराइमा पुगेर छलफल गर्न आवश्यक देखिएकाले वार्ता जारी रहने बताए। नेता रावलले भने, ‘जति पनि वार्ता भइरहेका छन्, त्यसको उद्देश्य सकारात्मक परिणाम ल्याउनु हो।’ सकारात्मक ढंगले नै वार्ता अघि बढेको उनको भनाइ छ। दोस्रो तहका नेताहरुले वार्ता सकारात्मक भने पनि दुई नेताबीच सहमतिको विन्दु पहिल्याउन के विषयमा कुराकानी भएको थियो भन्ने बारे केही जानकारी बाहिर ल्याइएको छैन।
दुई नेताबीच सकारात्मक परिणाम कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको थियो। समस्या समाधानका लागि गहिराइमा पुगेर छलफल गर्न आवश्यक देखिएकाले वार्ता जारी रहने नेता भीम रावलले बताए।
वार्तामा एमाले नेताहरु रावल, विष्णु पौडेल, पाण्डे, रघुजी पन्त लगायतका दोस्रो तहका नेताहरू सहभागी थिए। सोमबार ओलीले नेपाल पक्षका नेता तथा कार्यदलमा नेपालतर्फका संयोजक रावलसँग भेट गरी एमाले एकताका लागि वातावरण बनाउन आग्रह गरेका थिए। यसपछि सोमबार र मंगलबार कार्यदलका दुवै पक्षका नेताहरूबीच छलफल भएको थियो।
एमालेका दुवै पक्षका दोस्रो तहका ५–५ जना सदस्यहरू रहने गरी एमाले विवाद कार्यदल बनाइएको थियो। उक्त कार्यदलमा नेपाल पक्षका सदस्यहरूसँग बुधबार दिउँसो नेपालले छलफल गरेका थिए। यसपछि नेपाल ओलीसँग वार्ता गर्न तयार भएका हुन्। यसअघि उनले ओलीसँग भेट गर्न अस्वीकार गर्दै आएका थिए। यसअघि गत वैखाख ७ र ८ गते होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको थियो।
सोमबार ओलीले नेपाल पक्षका नेता तथा कार्यदलमा नेपाल तर्फका संयोजक भीम रावलसँग भेट गरी एमाले एकताका लागि वातावरण बनाउन आग्रह गरेका थिए। यसपछि सोमबार र मंगलबार कार्यदलका दुवै पक्षका नेताहरूबीच छलफल भएको थियो। छलफल सकारात्मक रूपमा अघि बढेको कार्यदलका नेताहरूको भनाइ थियो।