निर्वाचन आयोगमा पुगे यादव र ठाकुर, होला त पार्टी एकता ?

निर्वाचन आयोगमा पुगे यादव र ठाकुर, होला त पार्टी एकता ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् । आयोगले जसपाका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज बोलाएको हो । 

ठाकुर र यादवसँगै महेन्द्र राय यादव, राजेन्द्र महतो, शरतसिंह भडारी, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्णलगायत नेताहरु आयोग पुगेका हुन् ।

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।