संसद् पुनस्थापना हुने चिन्ताले छटपटाउन थाले ओली, नेपाललाई फकाउन ३ नेतालाई खटाए

संसद् पुनस्थापना हुने चिन्ताले छटपटाउन थाले ओली, नेपाललाई फकाउन ३ नेतालाई खटाए

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउने प्रयासमा रहेका दोस्रो तहका नेता अझै सक्रिय बनेका छन्। आज विहान उपप्रधानमन्त्री विष्णु पौडेलसहितका संस्थापन पक्षका नेता वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन्। उनीहरुबीचको छलफल जारी रहेको बताइएको छ। 

पार्टी बिवाद मिलाउने प्रयास स्वरुप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल  कोटेश्वर पुगेका हुन्।

गत शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिन दुई दिनको अल्टिमेटम दिएका छन्। सो अल्टिमेटम भोलि सकिँदै छ। हस्ताक्षर फिर्ता नलिए एमाले सग्लो नरहने अध्यक्ष ओलीले बताउँदै आएका छन्। 

एमालेको माधव नेपाल समूह भने कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडानमा रहेको छ। ओलीले उनीहरुसँग नेपाललाई फकाउन र जसरी पनि हस्ताक्षर फिर्ताको लागि मनाउन आग्रह गरेको बुझिएको छ । पछिल्लो समय संसद् पुनस्थापना हुने छनकपाएपछि ओली नेपाललाई फकाउन प्रलोभन र धम्की दुबै प्रयोग गरिरहेको स्रोतले बतायो ।