काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान बस्दैछ । बुधवार बिहान ११ बजे बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधानबारे महत्त्वपूर्ण निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।
असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षले गरेको माग अनुसार पार्टीलाइए २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनेबारे निर्णय हुने एमाले स्रोतले जनाएको छ ।
एमालेले बुधवारको बैठकका लागि कारवाहीमा परेका ११ नेताबाहेक सबै केन्द्रीय कमिटी सदस्यलाई सूचना दिएको छ ।