काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक बोलाइएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
एमालेले वुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बस्न लागेको हो।
सर्वोच्च अदालतले आयोजक कमिटीलाई अवैधानिक भनेपछि एमालेले उक्त कमिटीलाई भंग गर्ने तयारी गरेको छ।