निषेधाज्ञाको मोडालिटी चेन्ज सार्वजनिक सवारीसाधन खुलाउने तयारी

निषेधाज्ञाको मोडालिटी चेन्ज सार्वजनिक सवारीसाधन खुलाउने तयारी

काठमाडौं । निषेधाज्ञा थप गर्ने विषयमा उपत्काका तीनै जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठक सकिएको छ । बैठकमा सार्वजनिक सवारीसाधन सञ्चालनको मोडालिटीबारे छलफल भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल भइरहेको छ ।

‘हामीले संक्रमण दरको अवस्था पनि विश्लेषण गरिरहेका छौं, जनस्वास्थ्य कार्यालयको रिपोर्टअनुसार अहिले काठमाडौंको संक्रमणदर १२र१३ प्रतिशत छ’, सीडीओ पराजुलीले भने, ‘यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुन्छ । एकैपटक ह्वात्तै यातायात खुलाउने भन्दा पनि जोरबिजोरबाट लैजान सकिन्छ । सुझाव पनि यसरी नै आएका छन् ।’

तीनजनै सीडीओबाट जिल्लाको अवस्था रिपोर्टिङ भएपछि भोलिको बैठकबाट मंगलबारदेखिको निषेधाज्ञाको मोडालिटी निर्णय हुने बताइएको छ । त्यसका लागि केहीबेरमा सीडीओहरूको छलफल तय गरिएको छ ।

निजी सवारीसाधन र व्यापाररव्यवसाय सञ्चालनमा केही खुकुलो गर्दै पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिसम्म लागू हुनेछ ।