काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार साँझ ट्विट गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
“आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोलारु,“ उनले भनेका छन् ।