काठमाडौं । विपक्षी गठबन्धनले प्रदेशहरुमा पनि आफु पक्षको सरकार बनाउने समझदारी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रदेश १, वागमती र लुम्बिनी प्रदेशमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेको हो ।
यस्तै आजको बैठकले बाढीपीडितको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकार असफल भएको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । बैठकमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी थिए भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए ।
बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा।बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । त्यस्तै माधव नेपाल र भीम रावल पनि बैठकमा सहभागी थिए । माधव नेपालले ओलीसँग सहकार्यको कुनै सम्भावना नरहेको बताएपछि विपक्षी गठबन्धनले वाँकी ३ प्रदेशमा आफ्नै मुख्यमन्त्री बनाउने निष्कर्षमा पुगेका हुन् ।