सभापतिमा दोहोरिन देउवाको दौडधुप, आफ्ना गुटका नेतालाई बोलाए बुढानीलकण्ठ

सभापतिमा दोहोरिन देउवाको दौडधुप, आफ्ना गुटका नेतालाई बोलाए बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गण्डकी र बागमती प्रदेशका आफू निकट पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै छन्। सभापतिले आफ्नै निवास बुढानीलकण्ठमा आफु निकट केन्द्रीय सदस्य र नेताहरुलाई छलफलका लागि बोलाएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। 

फेरि पार्टी सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका देउवाले आफू निकटका नेताहरुको भेटघाटलाई तीब्र बनाएका हुन्। यसअघि देउवाले प्रदेश नम्बर एक र दुईका केन्द्रीय सदस्यसँग छुट्टा छुट्टै भेटेर आगामी महाधिवेशनमा आफुलाई सहयोग गर्न आग्रह गरेका थिए। 

केन्द्रीय सदस्यहरुले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका छन्। कांग्रेसले यहि भदौ १६ गतेदेखि १९ गतेसम्म पार्टीको १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।