गिटी बालुवा निकासी गर्ने सरकारी निर्णयविरुद्धको मुद्दामा आज सुनुवाइ

गिटी बालुवा निकासी गर्ने सरकारी निर्णयविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । गिटी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनको आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। यो मुद्दा सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीश राखेर इजलास गठन गरिएको छ। इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन्।

सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा गिटी(बालुवा विदेश निकासी गरी व्यापार घाटा घटाउने उल्लेख छ। जसको चौतर्फी विरोध भइरहेको छ।

यस बाहेकका रिट निवेदन पनि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छन्।