उपेन्द्र-बाबुराम पक्षले निर्वाचन आयोगमा फेरि आधिकारिकता दाबी गर्ने

उपेन्द्र-बाबुराम पक्षले निर्वाचन आयोगमा फेरि आधिकारिकता दाबी गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा फेरि निवेदन दिने भएको छ। 

मंगलबार कानुन व्यवसायीहरुसँगको छलफलका क्रममा प्राप्त सुझावअनुसार जसपाको उपेन्द्र–बाबुराम पक्षले आफूहरु आधिकारिक पार्टी भएको दाबी गर्न निर्वाचन आयोगमा निवेदन दिने भएको हो। 

मंगलबार कानुन व्यवसायीहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जानुभन्दा आधिकारिकता दाबी गर्न राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार निर्वाचन आयोगमा निवेदन दिन सुझाव दिएका थिए। सोही सुझावअनुसार आफूहरु पुनः एकपटक निर्वाचन आयोग जान लागेको जसपाको उपेन्द्र–बाबुराम पक्षका एक नेताले जानकारी दिए।  

यसअघि निर्वाचन आयोग पुगेको जसपाको विवाद सम्बन्धमा आयोगले सुनाएको निर्णयमाथि उपेन्द्र(बाबुराम पक्षले गम्भीर आपत्ति प्रकट गरेको छ। आयोगले उपेन्द्र(बाबुराम र महन्थ ठाकुर(राजेन्द्र महतो पक्षले आधिकारिताको दाबी गर्दै दिएको निवेदनमा दुवैलाई आधिकारिकता नदिने र जसपामा दुवै अध्यक्ष (उपेन्द्र र महन्थ) कायम रहने निर्णय सुनाएको थियो।