वामदेव निवासमा विष्णु पौडेल, नेपाल पक्ष र वामदेवसहितको बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

वामदेव निवासमा विष्णु पौडेल, नेपाल पक्ष र वामदेवसहितको बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उपप्रधानमन्त्री विष्णु पौडेल भैँसेपाटीस्थित उनको निवास पुगेका छन्। एमालेको एकताको विषयलाई लिएर दुई नेताबीच छलफल भएको छ।

वामदेवले एमाले एकताका लागि माधवकुमार नेपाल समूहले राखेका मागहरु सम्बोधन गर्न अध्यक्ष ओली तयार हुनुपर्ने बताउँदै आएका बेला ओली समूहमा रहेका पौडेल उनलाई भेट्न निवास पुगेका हुन्।

पछिल्लो समय चौतर्फी अफ्यारोमा परेका प्रधानमन्त्री ओली नेपाल समूह र वामदेवसहितको बैठक बोलाउने तयारीमा छन् । प्रदेशमा एक पछि अर्को सरकार अफ्यारोमा परेपछि ओली सहमतिको लागि लचिलो बन्न थालेको चर्चा छ ।