राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको हो : शंकर पोखरेल

राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको हो : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको भएको आरोप लागेका छन्।

 उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति दिएका बेला पोखरेलले जुन कुराको विरोध भइरहेको छ, त्यो हिजो माओवादी केन्द्रको नीति भएको बताएका छन्। उनले जसपासँग कतिपय नीतिगत विषयमा विमति रहेको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार लेखेका छन्, ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै। आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो। आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ। तर, राष्ट्र र राज्यका बारेमा हामी हिजो पनि स्पष्ट थियौँ र आज पनि स्पष्ट नै छौँ।’