फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बढाएको छ। १५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो। 

निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो। 

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य १०८ र हवाई इन्धन (आन्तरिक)को मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम भएको छ।