ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा वामदेव किन भए चकित ?

ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा वामदेव किन भए चकित ?

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन गरिरहेको भन्नु आपत्तिजनक रहेको बताएका छन् । 

शनिवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने टिप्पणी समेत गरेका छन् । 

उनले भनेका छन्, 'राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के।पी।ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।'

यसअघि उनले थपेका छन्,'नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ।ु'