जसपा आजै सरकारमा जाने, को को बन्दैछन् मन्त्री ?

जसपा आजै सरकारमा जाने, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष आज सरकारमा सहभागी हुने भएकाे छ। जसपाका एक नेताले दिएको जानकारीअनुसार ठाकुर पक्षका केही  नेतालाई आज मन्त्री पदको शपथ गराउने तयारी गरिएको छ ।

आठ मन्त्री तथा दुई राज्य मन्त्रीसहित १० जनालाई मन्त्रिमण्डलमा सहभागी गराउने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच यसअघि नै सहमति भइसकेको छ ।उक्त सहमति अनुसार आज पहिलो लटमा केही नेताहरूले मन्त्री पदको शपथ लिने सम्भावना बढेको उनको कथन छ ।

हिजो चार घण्टा जति प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका नेताहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।त्यसपछि जसपाका नेताहरूले आन्तरिक छलफल गरेपछि जसपा अध्यक्ष ठाकुर फेरि बालुवाटार पुगेका थिए। अबेर रातिसम्म ठाकुर र ओलीबीच सत्ता सहकार्यबारे छलफल भएको थियो।

जसपाबाट राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवले आज विभिन्न मन्त्रालयको जिम्मेवारी संहाल्ने बताइएको छ ।