काठमाडौं । यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गरिने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको कानुनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए।
यस अघि राष्ट्रीय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो। यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन।
यस्तै मन्त्रिपरिषदले रासायनीक मल ल्याउने विषयमा पनि निर्णय गरेको छ। भारतसँग जी टू जी मार्फत रासयनीक मल ल्याउने निर्णय गरेको हो। यस्तै नेपाली नागरिकता दोस्रो संशोधनलाई पास गरेको छ। सरकारले स्वास्थ्यकर्मी र स्वास्थय संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ मन्त्रिपरिषद विधेयक समितिमा पठाउने निर्णय पनि गरेको मन्त्री श्रेष्ठले बताए।