काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रोपटक स्थगन गरिएको छ। हिजै बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अन्तिममा तयारी नपुगेको भन्दै आज बिहान १० बजेका लागि सारिएको थियो।
तर आज पनि बैठक नबस्ने भएको र अब भोलि ११ बजेका लागि समय सारिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। लुम्बिनीमा आज हुन लागेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको बताइएको छ ।
अध्यक्ष ओलीले स्पष्टीकरण माग गर्दै पत्र पठाए पनि कुनै जवाफ नफर्काएका घनश्याम भुसालसहित थप १२ नेतालाई कारबाही गर्ने चर्चाबीच एमालेको स्थायी कमिटीको बैठक बस्ने मिति तोक्दै सार्दै गरिएको हो।