उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर

उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । कोरोना संक्रमित विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार थापाको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको उनको परिवारका तर्फबाट जारी प्रेस नोटमा उल्लेख छ। हाल थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। यसअघि उनको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार गरिएको थियो। अवस्था सुधार नभएपछि तीन दिनअघि उनलाई थप उपचारका लागि मेडिसिटीमा भर्ना गरिएको थियो।

‘अहिले अस्पतालमा ECMO प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ। उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ’, आइतबार दिउँसो परिवारका तर्फबाट जारी प्रेस नोटमा उल्लेख छ।