उपत्यकाको निषेधाज्ञा थप कडा, किराना पसल पनि बन्द

उपत्यकाको निषेधाज्ञा थप कडा, किराना पसल पनि बन्द

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा निषेधाज्ञा थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले लम्ब्याएको जेठ २० गतेसम्मको निषेधाज्ञा अवधिमा किराना पसल समेत खोल्न नपाइने गरी कडाइ गरिएको हो ।  

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर समेत खोल्न नपाइने जानकारी दिए । 

कोरोना संक्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए । तरकारी तथा दुधजन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ ।