काठमाडौं । पार्टीको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो २ बजे पार्टीको बैठक बोलाएका ओलीले त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने विषय वजेट अगाडी गर्ने वा पछाडी भन्ने विषयमा पनि एमाले स्थायी समितिमा छलफल हुनेछ । त्यही आधारमा मनित्रपरिषद्को बैठकमा पनि छलफल हुने बताईएको छ । स्थायी समिति बैठक पछि बस्ने मनित्रपरिषद्को बैठकले संसदको अधिवेशन आह्रवान गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए ।
स्थायी समिति बैठकमा राष्टिय सभा चुनावमा माधव नेपाल पक्षले पार्टी उम्मेदवार रामवहादुर थापा माथी सहयोग भए नभएको विषयमा समिक्षा गर्ने सम्भावना रहेको छ । बैठकका एजेण्डा बताईएको छैन । नेपाल पक्षले पार्टी २०७५ जेठ २ मा फर्किनु पर्ने बताईरहेको र त्यसका लागि दुवै पक्षका ५-५ जना नेता रहेको कार्यदल बनाएपनि कार्यदलले खास काम अगाडी बढाएको छैन । यस सम्वन्धमा छलफल हुन सक्नेछ ।