शारीरिक सम्बन्ध गर्न खोजेको भन्दै महिलाले गरिन् छिमेकीको हत्या

शारीरिक सम्बन्ध गर्न खोजेको भन्दै महिलाले गरिन् छिमेकीको हत्या

पुरुषको हत्या गरेको आरोप एक महिला पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ईच्छाकामना गाँउपालिका ५ बस्ने ४५ वर्षीय काईली भन्ने सर्किना चेपाङलाई छिमेकीको हत्या आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वैशाख ३१ गते ईच्छाकामना गाँउपालिका ५ स्थित तिननम्बर पुलबाट ५० मिटर तल खोल्सामा ६५ वर्षीय गोपी प्रजाको शव फेला पारेको थियो । टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी निरीक्षक सहितको टोलीले सर्किना चेपाङलाई पक्राउ गरेको हो ।