एजेन्सी । भारतले कोरोना विरूद्धको औषधि सार्वजनिक गरेको छ । भारतका रक्षामन्त्री राजनथ सिंह र संघीय स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्द्धनले कोरोना विरूद्धको पहिलो औषधि सार्वजनिक गरेका हुन् ।
भारतले सार्वजनिक गरेको उक्त औषधिलाई २डिजी नाम दिइएको छ । यो औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेसनले निर्माण गरेको हो ।
भारतको स्वास्थ्य नियामक निकायले उक्त औषधिलाई गत हप्ता नै आपतकालीन प्रयोगका लागि स्विकृत दिइसकेको छ । अक्सिजनको अभावमा ज्यान गुमाउने अवस्थामा पुगेका बिरामीहरूका लागि उक्त औषधि रामवाण हुने बताइएको छ ।
यो औषधि भ्याक्सिन नभएर खाने औषधि हो । अहिलेसम्म विश्वमा कोरोना भाइरस विरूद्धका भ्याक्सिन मात्रै बनेका छन् ।