प्रधानमन्त्रीको शपथ आज, सबै मन्त्री पदमुक्त,नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी

प्रधानमन्त्रीको शपथ आज, सबै मन्त्री पदमुक्त,नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज  पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै फेरि  प्रधानमन्त्री नियुक्त भएका ओलीले आज दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। यससँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज अपरान्ह ओलीले शपथ लिने छन्। उनले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

ओलीले नियुक्तिसँगै वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहलाई पनि समेटेर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि सरकारमा सहभागि गराउने ओलीको तयारी रहेको छ ।