काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बियो

काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप भएको छ । आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजको बैठकले आउँदो जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

‘‘हामीले १५ दिनको लागि निषेधाज्ञा जारी गरिसकेका छौँ ।  अब तीनवटै जिल्ला प्रशासनका प्रजिअको हस्ताक्षण गर्न बाँकी छ । त्यसपछि सार्वजनिक गर्नेछौँ,” प्रजिअ पराजुलीले भने ।

पराजुलीले यसअघि पार्टी प्यालेसमा हुँदै आएको विवाह, ब्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको बताए । उनले अत्यावश्यक परेकाले स्वास्थ्य मापदण्ड अपनाएर घरमै विवाहजस्ता कार्यक्रम गर्न सक्ने र त्यसका लागि अनुमति आवश्यक नभएको बताए । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातमा सकिँदैछ ।