१३९ जनाको मृत्यु, नौ हजार २७१ संक्रमित थपिए

१३९ जनाको मृत्यु, नौ हजार २७१ संक्रमित थपिए

काठमाडौं  । देशभर कोरोना संक्रमणका कारण एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ। यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ। 

यसैबीच गत २४ घण्टामा १८ हजार ४ सय ११ जनामा परीक्षण गर्दा ९ हजार २ सय ७१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

१७ हजार ६ सय २३ जनाको पिसिआर र ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ पुगेको छ ।

जसमध्ये ८६ हजार ४ सय २६ जना होम आइसोलेसनमा छन् भने ६ हजार ७ सय १५ जनालाई संस्थागत आइसोलेसनमा राखिएको छ। गत २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। आज क्वारेन्टाइनमा ४ सय २७ जना रहेको मन्त्रालयले जनाएको छ।