राजीनामा दिएर आजै पुनः प्रधानमन्त्रीको शपथ लिने ओलीको तयारी

राजीनामा दिएर आजै पुनः प्रधानमन्त्रीको शपथ लिने ओलीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्। बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम छ । तर विश्वासको मत नपाउने पक्का भएपछि त्यसअघि नै राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली रहेको स्रोतको दाबी छ । 

राजीनामा दिएलगत्तै ठूलो दलको नेताका हैसियतले ओलीले आजै राष्ट्रपतिबाट सपथ लिने तयारी गरेका छन् । त्यसो गर्दा उनले एक महिनाभित्र फेरि विश्वासको मत लिनुपर्ने हुन्छ । 

हाल माधव नेपाल पक्ष पनि राजीनामाकाे तयारीमा रहेको र जसपा नेपालले पनि तटस्थ बस्ने निर्णय गरिसकेकोले विश्वासको मत नपाउने निश्चित भएपछि एक महिना तयारी गरेर विश्वासको मत लिन नै ओली प्रधानमन्त्रीमा पुन नियुक्त हुन खोजेका हुन् ।